Logo

जाडो मौसममा यसरी आफ्नो छालाको स्याहार सुसार गरौँ



Spread the love

जब मौसममा फेरबदल आउँछ तब हाम्रो जीवनशैलीमा पनि विभिन्न किसिमको परिवर्तनहरु आउने गर्छ । हामी मौसमअनुसार खानपान, पहिरन मात्र नभएर आफ्नो शरीरको समेत हेरचाह गर्छौं । गर्मीमा भन्दा जाडोयाममा हाम्रो शरीरको ज्यादा हेरचाह गर्नु पर्छ । जाडोयाम आउनासाथ हाम्रोे छाला सुख्खा हुन थाल्छ । कसै-कसैलाई त धेरै चिसो भएर छाला सुख्खा भएर फुट्न थाल्छ र रगत पनि आउँछ ।

आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर छालालाई सुन्दर र स्वस्थ बनाउन सक्छौं ।

-जाडोयाममा सधैं मनतातो पानीले नुहाउनु पर्छ । तातो पानीले छालाको प्राकृतिक तैलियपनालाई हटाउने हुनाले छाला अति नै सुख्खा हुन जान्छ । यदि तपाइर्ंको छाला सुख्खा छ भने अनुहार र शरीरमा साबुन प्रयोग गर्नु हुँदैन ।

-अनुहारमा साबुन अथवा फेसवासभन्दा क्लिजिङ मिल्कले सफा गर्नुपर्छ । सफा पानीले अनुहार धोएर मोइस्चराइजरको प्रयोग गर्नु पर्छ ।

-यदि तपाईंको छाला सुख्खा छ भने शरीरको लागि एउटा राम्रो बडी लोसन अथवा बडी बटरको प्रयोग गर्नु पर्छ ।

-सुन्दर छालाको लागि धेरै पानी पिउनु आवश्यक हुन्छ । धेरै पानी पिउनाले तपाइको छाला हाइड्रेटेड हुन्छ ।

– बाहिरको जंक फुड भन्दा घरमा बनेका खानेकुराहरु खानु पर्छ । फलफूल र तरकारीको सेवन धेरैभन्दा धेरै गर्नु पर्छ ।

– समय-समयमा मृत कोषिकाहरुलाई हटाउनु अति नै आवश्यक हुन्छ, जसलाई हामी एक्सफोलिएसन भन्छौं । यसको लागि हप्तामा दुई पटक फेस स्क्रबको प्रयोग गर्नु पर्छ, यसो गर्दा मृत छाला हट्छ ।

प्रतिक्रिया दिनुहोस्