Logo

कसरी आफ्नो लागि सहि रुम पार्टनरको छनोट गर्ने?



Spread the love

कति पय अध्ययन रोजगारीको शिलसिलामा आफ्नो घर देखि टाडा बस्ने हुनाले उनीहरुलाई भाडामा बस्नको लागि रुम पार्टनरको आवश्यक पर्दछ । पैसाको बचत र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो अवस्य आफैंमा टाउको दुखाईको विषय बन्ने गर्छ ।

रुम पार्टनर खोज्दा हतार गरेर वा केही कुरामा ध्यान नदिई एउटै कोठामा बस्दा यसले गम्भीर समस्या निम्त्याउँछ। रुम पार्टनर खोज्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।रुम पार्टनरको खोजी गर्दा नै केही विषयमा ध्यान दिने हो भने यसले पछि कुनैपनि समस्याबिना नै हाम्रो दिनचर्या चल्नसक्छ । यसरी छनोट गरौ:
लापरबाहीबाट बचौं
जस्तो कि बाहिर जाने समयमा ताला नलगाउनु, ग्यास या लाईट समयमा बन्द नगरिदिनु, फोनमा राती अबेरसम्म कुरा गरिरहनु आदि लापरवाहपूर्ण व्यवहारले पनि रुपमेटसँग झगडा हुने गर्दछ । त्यसैले रुममेट छान्ने बेलामा नै मान्छेको व्यवहार हेरेर छान्नुपर्छ । बरु केही समय लागोस् ।
रुममेट छान्दा स्वाद र व्यवहार हेरेर छानौं
कुनैपनि रुममेट छान्दा व्यवहार र स्वाद आफूसँग मिल्दो जुल्दो खालको छान्नु पर्दछ । जसका कारण कोठामा शान्ति पनि हुन्छ । मनमा शान्ति हुँदा यसले दुबै रुम पार्टनरको व्यक्तिगत र व्यवसायिक जीवनमा समेत सकारात्मक प्रभाव पार्दछ ।
सँगै पढ्ने साथीलाई चुनौं रुममेट
रुममेट चुन्दा सबैभन्दा सजिलो सँगै पढ्ने साथीलाई छान्नुपर्दछ । सँगै पढ्ने साथीको सबै किसिमको व्यवहारहरु जानेको हुने भएकोले विवाद र असमझदारी कम हुने गर्छ ।
चित्त नबुझेको कुरा स्पष्ट भनौं
कतिपय चित्त नबुझेको कुरालाई मनमा लुकाएर नराखी आफूलाई चित्त नबुझेको कुराहरु स्पष्टसँग भन्नुपर्छ । त्यो भयो भने मात्रै सम्बन्ध लामो समयसम्म अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्