Logo

एएफसी यु–१९ च्याम्पियनसिप: दोस्रो चरणमा ३१ खेलाडी छनोट



Spread the love

२ कात्तिक, काठमाडौं । १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप २०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडी छनोट गरेको छ। प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट आज ३१ खेलाडी छनोट गरेका हुन्। केही दिनमा अन्तिम टोलीको टुंगो लाग्नेछ ।

आगामी नोभेम्बर ६ बाट इरानमा सुरु हुने छनोटका लागि नेपाल समूह ‘डी’मा रहेको छ। २०२० मा हुने च्याम्पियनसिपमा छनोटका लागि नेपालले समूह ‘डी’मा युएई, इरान र किर्गिस्तानसँग खेल्ने छ।

दोस्रो चरणमा छानिएका टोली
गोलरक्षक – विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना
डिफेन्डर – बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, एन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, बिकास खवास, योगेश गुरुङ, विजय श्रेष्ठ र निराजन महर्जन
मिडफिल्डर– दर्शन गुरुङ, शिशिर लेखी, रोशन रानामगर, रन्जन पुन, आकाश बुढाममगर, जया गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेन्जन
फरवार्ड – ब्रिजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दिपेश आलेमगर

प्रतिक्रिया दिनुहोस्