Logo

दशैँमा टीका लगाएको पैसा विद्यालयका लागि दान



Spread the love

३ कार्तिक, गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव भव्य र सभ्य बन्दै गएको छ । यसैबिच शनिबार सोहि विद्यालयमा कक्षा ११ मा शिक्षा शास्त्र अध्ययनरत मदाने गाउँ पालिका वडा नम्बर ३ कि १५ वर्षय बसुधा जिसिले दशैँमा टीका लगाएर जम्मा भएको पाँच हजार एक सय रुपैयाँ विद्यालयका लागि दान गरेकी छन् ।

आँफुले पढदै गरेको विद्यालयले निकै ठूलो पवित्र कार्य गरेको र यस पवित्र कार्यमा आँफुले पनि सहयोग गर्नुपर्ने सोँचका साथ विद्यालयलाई रकम प्रदान गरेको सल्लेरी खबरलाई बताईन् । साथै उनले आफू जस्तै अन्य विद्यार्थीलाई समेत सहयोग गर्न अपिल गरेकी छन् । मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरेको हो ।

भक्तजनमा हर्षका आँशु

१५ वर्षिया जिसिले दिएको आर्थिक सहयोगबाट श्रद्धालु भक्तजनमा हर्षका आँसु देखिएका थिए । उनले गरेको उदाहरणीय कार्यबाट आँफुहरु प्रभावित भएको उनिहरुले प्रतिक्रिया दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्