Logo

भोली कार्तिक ४ गते सोमबार, भोलीको राशीफल



Spread the love

भोली मिति २०७६ साल कार्तिक ४ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।

वृष राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ।

मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

कर्कट राशी – श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

सिंह राशी – कार्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।

मकर राशी – मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला।

कुम्भ राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ।

मीन राशी – अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएको छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्