Logo

शैक्षिक महोत्सवको माहोल तात्दै,सातौं दिनसम्म ५७ लाख रकम जुट्यो



Spread the love

३ कार्तिक, गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव भव्य बन्दै गएको छ । छैठाैँ दिन विभिन्न व्याक्ती तथा संघ सस्थाबाट १२ लाख १४ हजार रकम जुटेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

छैठाैँ दिन मीन बहादुर खड्काबाट १ लाख २१ हजार ५ सय ५५, वृन्दा अर्याल र दुर्गा प्रसाद अर्यालबाट ७५ हजार ३ सय ८४, ऋषिराम गिरिबाट ५१ हजार ६ सय ८५, बिनोद जिसिबाट ५१ हजार १ सय ११ र कुमार केसिबाट ५१ हजार १ रुपैयाँ प्रदान भएको विद्यालय स्रोतले जनाएको छ ।

त्यस्तै, यता मालिका गाउँपालिकाकी उपाध्यक्ष देवा अर्यालले महायज्ञको माध्यमबाट पवित्र कार्यको थालानी गरेको भन्दै गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छ्न् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी अर्यालले गाउँपालिकामा कुनै पनि विद्यालयमा प्राविधिक शिक्षालय नरहेको स्मरण गर्दै गाउँपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि रकम अभाव हुन नदिने बताएकी छन् । त्यसैगरी यता मालिका गाउँपालिकाले यस भन्दा अघि नै ३ लाख आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिसकेको छ ।

मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको हो । असोज २७ गते देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव कात्तिक ४ गतेसम्म चल्नेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्