Logo

द हन्ड्रेड: सन्दीप करोड भन्दा बढी मूल्यमा ओभल इन्भीनसिभल्समा आबद्ध



Spread the love

४ कात्तिक, काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगिताको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने १ लाख पाउन्ड (१ करोड ५० लाख नेपाली बराबर) मूल्यमा आबद्ध भएका छन्। उनलाई आइतबार स्काई लण्डनको स्टुडियोमा भएको उक्त ड्राफ्टमा ओभल इन्भीनसिभल्सले छानेको हो।

उनलाई टोलीले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समाबेश गरेको हो । प्रत्येक टोलीले अधिकतम ३ विदेशी खेलाडी मात्र अनुबन्ध गर्ने प्रावधान रहेको छ । ओभलको टोलीमा अनुबन्धित सन्दीपले आफ्नो मूल्य १ लाख पाउन्ड तोकेका थिए । यो टोलीका प्रशिक्षक टम मुडी रहेका छन् भने घरेलु मैदान ओभल रहेको छ । यस्तै, टिमका मार्की वा इंग्ल्याण्ड खेलाडी साम कुरान रहेका छन् । टिममा लोकल आइकन खेलाडीका रुपमा जेसोन रोय र टोम कुरान रहेका छन् ।

प्रतियोगिताको ड्राफ्टमा ठूला नाम रहेका खेलाडीले आवेदन दिएपनि छनोट भने हुन सकेनन् । विश्व टि-२० क्रिकेटमा सनसनी मच्चाउँदै आएका विष्फोटक ब्याट्सम्यान क्रिस गेल कुनै टोलीमा अटेनन् । यस्तै योरकर किङ लासिथ मलिंगा पनि छनोटमा पर्न सकेनन् । पाकिस्तानका ब्याट्सम्यान बाबर, दक्षिण अफ्रिकी बलर कागीसो रबाडा, बंगलादेशका शकिब अल हसन तथा वेस्ट इन्डिजका ड्वेन ब्राभो पनि छनोटमा परेनन् ।

प्रतिक्रिया दिनुहोस्