Logo

प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै



Spread the love

४ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलि म्यानचेस्टर युनाइटेडसँग १-१ गोलको बराबरी खेल्यो । युनाइटेडका लागि निकै महत्वपूर्ण रहेको खेलमा युनाइटेडले एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुजाउन बाध्य भयो ।

खेलको ३६ औं मिनेटमा युनाइटेडले घरेलु टोलि लिभरपुलविरुद्ध अग्रता बनाएको थियो । योसँगै पहिलो हाफमा युनाइटेड १-० गोलले अघि रहेको थियो ।

तर खेलको ८५औं मिनेटमा लिभरपुलका लागि एडमले गोल गर्दै उदार गरे । योसँगै लिभरपुल र युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो बराबरीसंगै लिभरपुलले नौ खेलमा २५ अंक जोडेको छ भने सातौं स्थानमा उक्लिएको युनाइेटडको १३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्