Logo

यस्ता छन् जाडो मौसममा बदाम खानुका आश्चर्यलाग्दा फाइदाहरु



Spread the love

चिसो मौसममा घाममा बसेर बदाम खानुको छुट्टै आनन्द आउने मात्र नभएर स्वास्थ्यका लागि समेत निकै फाइदाजनक छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँछ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरीरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।
जानुहोस् बदाम खानुका फाइदाजहरु:
तौल कम गर्छः
बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।

एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुरः
बदाममा एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा हुने भएकाले स्ट्रोक र मुटुसम्बन्धि समस्याको खतरालाई कम गर्छ ।

फाइटोस्टेरोलको मात्रा अत्यधिकः
बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट जोगाउँछ ।

मेंगनिजका साथै मिनरल्स पनि पाइन्छः
बदाममा मेंगनिजका साथै मिनरल्स पनि पाइन्छ । यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियम एब्जोप्र्शन र ब्लड सुगरलाई नियन्त्रण गर्ने गर्छ । 

भिटामिन सी भरपुरः
बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।

फोलिक एसिडको स्रोतः
बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ ।

अन्य फाइदाः
विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्था अघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदामको सेवन गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ ।

छालाका लागि उत्कृष्टः
बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्