Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
६०,३७९
संक्रमित
११,३३,४५३
निको भएका
२,३६,०००
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

रातिको खाना खादा यस्ता कुराहरूमा सावधानी अपनाऊ!



रातमा खाएको खानाको आधारमा हाम्रो बिहानको स्वास्थ्यको अवस्था तय हुन्छ । त्यसैले हामीले राति खानपिनमा ध्यान पुर्‍याएमा हाम्रो बिहान अवस्य राम्रो बन्नेछ । समय बिराएर हामीहरु गलत किसिमका खानाहरु खाने गर्दछौं ।

धेरै समय लगाएर गलत खानाहरु खाने गरिन्छ भने खाना खाए लगत्तै सुत्न गर्दछौ । यस्तो नराम्रो बानिले गर्दा हाम्रो पाचन क्षमता कमजोर हुने गर्दछ । खाएपछि पूरा दिन बोझिलो रुपमा बित्ने गर्छ । यसबाट शरीर बिरामी पर्ने सम्भावना हुन्छ ।

रातिको लागि तयार पारिएको जस्तो सुकै भोजनमा नुनको कदापि प्रयोग गर्नुहुँदैन । ताकी भोलिपल्ट उठ्दा शरीरमा कुनैपनि समस्या सिर्जना नहोस् । दिनभरीमा एक पटक मात्रै नुनिलो पदार्थ खाँदा शरीर स्वस्थ हुने गर्छ । हल्का भोजन गर्ने र रातको भोजन हल्का किसिमको र समयमा नै लिने गर्नुपर्छ ।

धेरै मात्रामा खाना खाने र ढिला खाना खाँदा शरीरले आफ्नो काम सुचारु गर्न सक्दैन । यस्तो अवस्थामा हर्माेनमा असन्तुलन हुने, तनाव, मोटोपना, जस्ता समस्याहरु सिर्जना हुने गर्छ । यसले मुटुको धड्कनमा समेत जोखिम बढाउने गर्छ ।

हामीले राति खाने भोजनमा यस्तो पदार्थ रोज्नुपर्छ कि जसले पाचनतन्त्रमा कुनै खराब प्रभाव नपारोस् । एक दिनमा कम्तिमा दुई पटक सलाद र एक पटक भएपनि फलफूलहरु खानुपर्ने हुन्छ । दैनिक खाना दुईपटक खानुपर्ने हुन्छ । 

रातमा सधैभरी कम क्यालोरीवाला खाना खानुपर्छ । यसको लागि भोजनमा किबी, ठूलो स्याउ, नासपाती, अनार, नरिवल, गोलभेंडा आदि रोज्नु राम्रो हुन्छ । यी मध्ये कुनै न कुनैलाई राति आफ्नो डाइटको रुपमा प्रयोग गर्नुपर्छ । राति धेरै मसलेदार र चिल्लो युक्त खाना खाँदा यसले ग्यास्ट्रिक वा कब्जियत हुने समस्या हुन्छ । रातमा सुत्नुभन्दा ४५ मिनेट अघि दूध पिउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्