Logo

इटालियन सिरि ए इन्टर मिलानको प्रतिस्पर्धात्मक जित



Spread the love

४ कात्तिक, काठमाडौं । इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा प्रतिस्पर्धात्मक जित हात पारेको छ । आइतबार राति भएको खेलमा इन्टरले ससौलोलाई उसैको मैदानमा ४–३ गोलले पराजित गरेको हो ।

इन्टरको जित दिलाउने क्रममा लुकाकुले ३८औं र ४५औं तथा लौटारोले खेल सुरु भएको दोस्रो र ७१औं मिनेटमा गोल गरेका थिए ।ससौलोका लागि डोमेनिको बेरार्डीले १६औं, फिलिप ज्युरिसिक ७४औं र जेरेमी बोगले ८१औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले आठ खेलबाट २१ अंक बटुलेको छ । ६ अंक बनाएको ससौलो १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्