Logo

मालिका माविको शैक्षिक महोत्सव सफलताका साथ सम्पन्न, ६५ लाख रकम सङ्कलन,मन्त्री विष्टद्वारा शुभकामना सन्देश



Spread the love

४ कार्तिक, गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्बर आठ स्थित मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव सफलताका साथ सम्पन्न भएको छ ।

मालिका माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको हो । विभिन्न व्यक्ति तथा संघ सस्थाबाट करिब ६५ लाख.रकम जुटेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

सबैभन्दा धेरै मालिका गाउँपालिका ८ का सुरेश पौडेलबाट १ लाख ६५ हजार, मदाने गाउँपालिका ३ का पुर्ण बहादुर जिसिबाट १ लाख ५७ हजार, डाक्टर युवक ध्वज जिसिबाट १ लाख ५६ हजार ५ सय, तुल्सिराम अर्यालबाट १ लाख ५१ हजार र मीन बहादुर खड्काबाट १ लाख २१ हजार रकम प्राप्त भएको महायज्ञ सचिवालय स्रोतले बताएको छ ।

त्यस्तै, यता नेपाल सरकार कृषि मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसिले मालिका मावि प्राविधिक शिक्षा सञ्चालनका लागि उपयुक्त ठाउँ रहेको बताएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डाक्टर जिसिले महायज्ञले सबैलाई प्रेरित गरेको बताउँदै यस क्षेत्र खेतीयोग्य रहेको हुदा प्राविधिक शिक्षामा पशु, कृषि जस्ता विषय उपयुक्त हुने उनको भनाई थियो । साथै नेपाल सरकारको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

शैक्षिक अभियान्ता / संकल्प कर्ता इश्वर शरण महाराजले सिमलाटारी बासिले दिएको माया सदा हृदयमा बस्ने र सिमलटारी मा सोचेकै माया पाएको उनले बताए । यहाँको सकारात्मक सन्देश नेपाल भरी फैलाउने उनको भनाई थियो । यहाँको प्रेम चट्टान जस्तै हृदयमा बस्ने उनले उल्लेख गरेका छन् । केही गुरुहरुका कारण पछिल्लो समय महायज्ञ जस्तो पवित्र कार्य दुषित बनेको उनको बुझाई रहेको छ । त्यस्तै महायज्ञ मुल समारोह समितिका संयोजक टीका बहादुर जिसिले सबैलाई धन्यवाद ज्ञापन गरेका छ्न् । समापन कार्यक्रममा बोल्दै उनले महायज्ञबाट सङ्कलन भएको रकम पारदर्शी हुने उनले उल्लेख गरेका थिए ।

मन्त्री विष्ट द्वारा शुभकामना सन्देश 

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले महायज्ञ मार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । मन्त्री विष्टको शुभकामना सन्देश मा भनिएको छ, “मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव सफलता पुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दछु । महोत्सव सफल पार्न अहोरात्र खटिने सम्पुर्ण आयोजक तथा दाताहरुको प्रशंसा गर्द्छु ।”

विविध कारणले आफू सहभागी हुन नपाएको बताउदै विद्यालयको विकासका निम्ति सदैव विद्यालयको साथमा रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न] प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्