Logo

स्काभेटरसहित १३ सवारी साधन नियन्त्रणमा



Spread the love

५ कार्तिक, विराटनगर – खोलाको दुवैतर्फ अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले आज एक स्काभेटरसहित १३ वटा ट्र्याक्टर र टिपर नियन्त्रणमा लिएको छ ।

विराटनगर–४ स्थित केशलिया पुलदेखि तीन सय मिटरभित्र अवैध रुपमा उत्खनन गरिएको अवस्थामा प्रहरीले बा१क ४९६२ नं को स्काभेटर तथा को१ख ५७०९, ना१क ६२७१, ना१क ६२६७, ना१क ६२७०, को१क २३७२, ना१क ६२६९, ना१क ६२६८ र ना१क ६२६६ नं को टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सोही खोलामा अवैध उत्खनन गरिएको अवस्थामा को२त ४५८, को२त ९०००, को२त ३६३२ र को१त ४९०५ नम्वरको ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको केरावारी गाउँपालिकास्थित भलुवा खोलामा अवैध रुपमा ढङ्गा लोड गरिरहको अवस्थामा प्रहरीले को२त ५४५३ नंं. को ट्र्याक्टरलाई नियन्त्रणमा लिई गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्