Logo

जानौँ ओखर खानुका अद्भुत फाइदाहरू



Spread the love

ओखर हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ ।

ओखर खाँदा मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण हुन्छ । पोषक तत्त्वले परिपूर्ण, प्रोटिनको राम्रो स्रोत हुने भएकाले ओखर वर्षभरि नै खान सकिन्छ । ओखर खानाले मुटु रोग, क्यान्सर लगायत अन्य रोगको जोखिम कम हुन्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ ।

यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । ओखर खानाले अस्थमा, अर्थराइटिस, छालाका समस्याहरू, एक्जिमा र सोराइसिसजस्ता रोगबाट जोगिन सकिन्छ  ।

ओखर खानाले पाचन क्रिया राम्रो हुन्छ, पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । यो खानाले पेटका कीराहरूसमेत मर्छन् । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने कुरो आयुर्वेदमा उल्लेख छ । घुँडा दुखे ओखरको तेलले मालिस गर्दा निको हुन्छ । ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ  ।
यस प्रकारका छन् ओखरका फाइदाहरु
-एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्छ ।
-ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ हुनाले बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।
-ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।
– मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा कााम गर्छ ।
-ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्