Logo

आखिर किन पक्राउ परे गायक दुर्गेश थापा ? यस्तो छ रहस्य



Spread the love

पछिल्लो समय निकै चर्चा कमाउन सफल युवा गायक दुर्गेश थापा पक्राउ परेका छन् । ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ पछि दुर्गेशले तिहार लक्षित गर्दै ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सार्वजानिक गरेका थिए तर सार्वजनिक भएकी दिनदेखि नै विवादमा तानिएको थियो।

उक्त गीतले समाजमा गलत सन्देश, साथै प्रचलित कानुन विपरीत भएको भन्दै गायक थापाको चौतर्फी आलाेचना भएको छ ।
विवाद परेका शब्द :

  • डन आयो डन,
  • जा मूला भन्,
  • राजा हो राजा,
  • बजाइदिन्छ बाजा,
  • ए निकाल गाँजा,
  • खानुपर्छ आज !

उक्त गीतमा, धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरी देउसी भैलोको गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको बताइएको छ भने थापालाई आज अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्