Logo

जानुहोस् जाडो मौसम सुन्तला खानुका फाइदै फाइदा



Spread the love

जाडो महिना सुरु हुना साथ सुन्तला बजारमा प्रसस्त मात्रमा देख्न पाइन्छ । यतिबेला गाउँघरमा सुन्तला पाक्न सुरु भइसक्यो । घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै सुन्तला खानुको बेग्लै मज्जा छ । सुन्तला खादा रमाइलो मात्र हुँदैन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ । यस्ता छन् सुन्तला खानुका फाइदाहरु:
– सुन्तलाले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ।
– चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पुर्‍याउँछ ।
– सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता बढाउँछ।
– सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउछ।
–सुन्तालामा पाइने भिटामिन एले आँखालाई फाइदा गर्छ।
–सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बताउँछ।
–सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्