Logo

व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई



Spread the love

६ कार्तिक, ओखलढुङ्गा – व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो ।

उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले गरेका थिए । प्रतियोगितामा काठमाडौँको एफसी उत्कृष्ट टोली घोषित भई रु १० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी मानस राई, उदीयमान खेलाडी हिलेपानी फुटबल क्लबका क्षितिज राई, सर्वाधिक गोलकर्ता सविन केसी, उत्कृष्ट डिफेन्डर सुमन राई र उत्कृष्ट गोल रक्षक जङ्गीबहादुर आलेमगर भएको व्याकुल माइला गोल्डकप समारोह समितिका सहसचिव पविरास राईले जानकारी दिए ।

प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित व्याकुल माइलाको जन्मथलो सोक्माटारमा गत असोज २६ गतेदेखि शुरु भएको हो । हरेक वर्ष प्रतियोगिता सञ्चालन गरिँदै आएको राष्ट्रिय गीतका सर्जक व्याकुल माइला (प्रदीपकुमार राई)ले बताए । सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य मोहन खड्का, पूर्वसांसद रामहरि खतिवडा, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राई, राष्ट्रिय गीतका सर्जक व्याकुल माइलालगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्