Logo

युइएफए च्याम्पियन्स लिगमा युभेन्टसको पुनरागमन जित



Spread the love

६ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा पुनरागमन जित निकालेको छ । घरेलु मैदान एलिनाज एरिनामा मंगलबार राति भएको खेलमा युभेन्टसले रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै जित निकालेको हो ।

एलिकसीले खेलको ३० औँ मिनेटमा गोल गर्दै लोकोमोटिभलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७ औँ मिनेटमा युभेन्ट्का लागि डिबालाले बराबरी गोल फर्काएका थिए । खेलको ७९ औँ मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ गोलको जित दिलाए ।

जितसँगै युभेन्टस समूह ‘डी’ ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन क्लब बायर लिभरकुसेनमाथि १–० को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्