Logo

शरीरको बनावट अनुसार कस्तो खानपान गर्दा स्वास्थ्यलाई फाइदा पुग्दछ?



Spread the love

हामीले आफ्नो शरीर मोटो भयो वा दुब्लो भयो भनेर गुनासो गरिरहनुको कुनै आवश्यक छैन । किनकि कतिपय प्राकृतिक कुरा बदल्ने सामथ्र्य हामीसँग हुन्न । जस्तोसुकै भएपनि स्वस्थ्य र तन्दुरुस्त हुन जरुरी छ । स्वस्थ्य, तन्दुरुस्त भए जस्तो पनि ज्यान आकर्षक देखिन्छ । बरु यसका लागि हामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ ।

शरीरको वजन कम गर्न सबैभन्दा पहिले त आफ्नो शारीरिक बनावट कस्तो छ भनेर जान्न नै आवश्यक छ । जब शरीरको बनावट अनुसार खानपान गर्न थालिन्छ, शरीरको वजन स्वतः कम हुन थाल्दछ ।
चारपाटे आकार
यस्ता शरीरिक बनावट भएका व्यक्तिको कुम र हिपको आकार लगभग एउटै आकारको हुन्छ । यस्ता व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकी यस्ता व्यक्तिलाई नुनिलो खानेकुरा, फास्टफुड तथा मदिरामा रुची हुन्छ । यस्ता व्यक्तिले आफ्नो तौललाई नियन्त्रित राख्न पनि एभोकार्डो, बदाम, साल्माने माछा तथा विरुवामा आधारित खानपान गर्नुपर्छ ।साथै, फास्ट फुड तथा गुलियो खानेकुराको सेवन कम गर्नुपर्छ ।
स्याउ आकारको शरीर
यदी कसैको शरीर स्याउ आकार छ भने त्यस्ता व्यक्तिको शरीर पेटमा बोसो जम्मा हुन्छ । यस्ता व्यक्ति शरीरको वजन कम गर्न थोरै थोरै तर धेरै पटक खाना खानु पर्छ । खानामा फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, भिटामिन ‘सी’, प्रोटिन तथा लो फ्याट डेयरी प्रोडक्टस् सेवन गर्नुपर्छ । दही नै खाएपनि खाना पचाउनका लागि कम फ्याटयुक्त दही खानु पर्छ ।
नासपाती आकारको शरीर
यस्ता व्यक्तिको शरीरको माथिल्लो भाग सानो हुन्छ जसकी तल्लो भाग विशेषगरी हिप ठूलो हुन्छ । यस्ता व्यक्तिलाई तौल घटाउन अलि बढी समस्या हुने भएकोले उनीहरुलाई तनाव हुनसक्छ । त्यसैले, नासपाती जस्तो शारीरिक बनावट भएका व्यक्तिले मासु, माछा, अण्डा, डेरी प्रोडक्टस् तथा हाई प्रोटिन खानेकुरा बढी खानु पर्छ । तरबुजा, भुईकटहर लगायतका फलफूल पनि यस्ता व्यक्तिको लागि राम्रो मानिन्छ। नुन लगायत उच्च सोडियमयुक्त खानेकुरा कम खानुपर्छ ।
हावरग्लास आकार
यो आकारको शारीरिक बनावट भएका व्यक्तिले समान रुपमा बजन बढाउँछ र मांपसेशीको कमी हुन्छ । यस्तो आकार भएका व्यक्तिको रगतमा चिनीको मात्रा उच्च हुने सम्भावना अत्याधिक हुन्छ । यस्ता व्यक्तिले ताजा फलफूल तथा साजसब्जी धेरै खानुपर्छ । यसबाहेक, पाउरोटी, नुडल्स, भात लगायतमा रिफाइन्ड खानेकुरा कम खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्