Logo

कामदारद्वारा पशुपति आर्यघाटमा आन्दोलन, शव जलाउन बन्द गर्ने चेतावनी



Spread the love

६ कात्तिक, काठमाडौं । घाट सेवा केन्द्रका कामदारहरुले पशुपति आर्यघाटमा शव जलाउने काम बन्द गर्ने घोषणा गरेका छन् । सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीले आन्दोलन गरेका हुन् । शव जल्न बन्द हुने स्थिति आएसंगै पशुपति क्षेत्र विकास कोष र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको जनाएको छ।

पशुपति आर्यघाटमा दैनिक झण्डै एक सय वटा शव जल्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषका अनुसार कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताएका छन् ।

हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्