Logo

जनकपुरमा एक ठेकेदारले गरे अर्का ठेकेदारको गोली हानी हत्या



Spread the love

६ कात्तिक, धनुषा। जनकपुर उपमहानगरपालिकामा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेको छ। जनकपुर उपमहानगरपालिकाका मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो ।

बुधबार बिहान पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई गोली हानी हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही प्रसङ्गमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्