Logo

झगडालु बालबालिकालाई कसरी नियन्त्रण गर्ने?



Spread the love

जब साना केटा-केटीहरु झगडा गर्न थाल्छन् तब आमा-बुबाका लागि उनीहरुको झगडालाई सुल्झाउनु कुनै चुनौतीभन्दा कम हुँदैन । बुबा-आमाको अनुमती पाएपछि छोरा-छोरी सँग-सँगै खेल्न थाल्छन् । तर, समस्या त्यति बेला आउँछ, जब उनीहरुले खेल्न थालेको केही मिनेटपछि नै उनीहरु एक-अर्काको कपाल भुत्ल्याउँदै आमा-बुबाको अगाडि उपस्थित हुन्छन् । तपाईंले दुईमध्ये कुनै एकलाई एक शब्द मात्रै कम गाली गर्नुभयो भने तपाईं उनीहरुको नजरमा पक्षपाति आमा बन्न पुग्नुहुनेछ ।
थोरै दूरी बनाउने
छोरा-छोरीहरु हरेक क्षण सँगै बस्नाले उनीहरुको आपसी माया बढ्छ भन्ने कुरा सही होइन । यदि उही उमेरका अथवा एक-दुई वर्ष उमेर अन्तरका बालबालिकाहरु एउटै कोठामा बस्छन् भने के कुरामा ध्यान दिनुपर्छ भने उनीहरुको ओछ्यान, दराज, डेक्स, कुर्सी, खेल्ने स्थान, खेलौना आदि अलग-अलग हुनैपर्छ ।
तुलना गर्नुहुँदैन
छोरा-छोरीबीच एक-अर्कासँग तुलना गर्नाले उनीहरुले आफ्नै भाइ-बहिनीप्रति रिस पैदा गर्न सक्छ । त्यसपछि उनीहरु हरेक साना-ठूला कुराहरुका लागि झगडा गर्न थाल्छन् ।
समस्या समाधान गर्न सिकाउने
कुनै पनि काम गर्ने समयमा दुबैबीच कामलाई बाँडिदिनुपर्छ । जस्तो, एक जनालाई छरिएका खेलौनाहरु मिलाउन लगाइयो भने अर्कालाई ओछ्यान मिलाउन लगाउनुपर्छ ।
दुबैको कुरा सुन्नुपर्छ
जब छोरा-छोरीहरु तपाईंसँग कुनै कुरा भनिरहेका छन् भने उनीहरुको पुरै कुरा सुनिदिनु पर्छ । ध्यान राख्नुपर्ने कुरा के हो भने तपाईंले दुबैको कुरा सुन्नका लागि समान समय दिनुपर्छ ।
उनीहरुलाई संवेदनशील बनाऔं
यदि घरमा छोरा-छोरीले झगडा गर्न थाले भने उनीहरुलाई के कुरा महसुस गराउनुपर्छ भने उनीहरुको झगडाले उनीहरुभन्दा साना भाइ-बहिनीहरुलाई कस्तो प्रभाव परिरहेको होला, कति नराम्रो लाग्यो होला भन्ने कुरा पनि सोध्नुपर्छ । ताकि उनीहरुले आफ्नो गल्तिको अनुभव गर्न सकुन्।

प्रतिक्रिया दिनुहोस्