Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

यसपालिको तिहारमा घरमै यसरी मिठो सेलरोटी पकाउनुहोस्



हिन्दुहरूको दोश्रो ठुलो चाड तिहारको चहलपहल अहिले सुरु भइसकेको छ । तिहार नजिकिदै जाँदा बजारमा किनमेल गर्नेदेखि लिएर घर घरमा गुलिया र चिल्ला परिकार पकाउनेहरूको चहलपहल सुरु भएको छ । झिलिमिलीको पर्व भनिने तिहारको विशेष परिकार हो, सेलरोटी । सेलरोटी प्राय: सबैलाई मन पर्छ तर, पकाउन भने थोरैलाई मात्र आउँछ । यसरी सजिलै सेलरोटी बनाऊ :
सेलरोटी बनाउन चाहिने भाँडा : सेल पकाउँदा राम्रोसँग तैरिने खालको गाहिरो र सम्म पिँध भएको कराई या ताई, एक फिट लामो बाँसका दुई मोटो सिन्का । सेल रोटी पकाउँदा तयारी पिठो कराईमा सजिलै संग खन्याउनका लागि पानीको बोतललाई आधा काटेर मुखतिरको भाग, सेल राख्ने नांग्लो ।

सेलरोटी बनाउन चाहिने सामाग्री : आवश्यकता अनुसार चामलको पिठो । मैदा एक कप, रोटि फुलाउनका लागि खाने सोडा, पानी अथवा दुध, घ्यु दुई कप, चिनी दुई कप, एक लिटर खाने तेल, मन भए अलिकति अंलैची, ल्वाङ्ग तथा काजु राख्न सकिन्छ ।

बनाउने बिधि : चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै थोरै गर्दै दुई चम्चा चिनी र एक चम्चा घिउ हाल्दै सिलाउटो वा ग्रान्डरमा पिनेर पिठो बनाउनु पर्छ । पिठो राम्रो र ललिसो हुनुपर्छ । यसरी नै सबै चामल पिसिसकेपछि पिठोमा आधा कप मैदा हालेर बिस्तारै थोरै–थोरै पानी राख्दै मज्जाले मोल्नु पर्छ । धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । तातेको कराईमा भाँडोको दुई इन्च माथिसम्म आउनेगरी तेल राखेर, तेल तात्न दिनु पर्छ । अब तातेको तेलमा काटेको बोलतको सहायताले मुछेको पेस्टलाई गोलो आकार हुने गरेर हाल्नु पर्छ । सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनु पर्छ । यसरी बिस्तार विस्तार तातो सेलरोटी तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्