Logo

नायिकाहरुको बाक्लो जमघट ‘ए मेरो हजुर २’ प्रिमियरमा (फोटो फिचरसहित)



Spread the love

भदौ १६, काठमाडौं -सल्लेरी खबर ।

नायिका झरना थापाको डेब्यू निर्देशन भएकाले पनि नायिकाहरु चलचित्रको प्रिमियरमा बाक्लो रुपमा उपस्थित थिए । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा बिहिबार बेलुकी आयोजना गरिएको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । नेपाली चलचित्र क्षेत्रका धेरै चिनिएका अनुहारका साथमा पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो ।

चलचित्र हेर्नका लागि नायिकाहरु रेखा थापा, संचिता लुइटेल, नीता ढुंगाना, आँचल शर्मा, अश्लेषा ठकुरी लगायत हलमा पुगेका थिए । चलचित्र हेर्ने अधिकांशले साधारण प्रेमकथालाइ निकै रमाइलो र मार्मिक ढंगल अगाडि बढाइएको बताउँदै दर्शकले पनि यो चलचित्र मन पराउने विश्वास व्यक्त गरे । यस्तै, नायक रमेश उप्रेती, पल शाह, निर्देशक दीपाश्री निरौला, गायिका इन्दिरा जोशी पनि हलमा उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्