Logo

दयाहाङ र मिरुनाको रोमान्स



Spread the love

पछिल्लो समय व्यापारिक हिसाबले फिल्म नचलेपनि चर्चा कमाएकी नायिका हुन्-मिरुना मगर । सन् २०१७ मा आएको चलचित्र ‘लालपुर्जा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उक्त चलचित्र लगतै उनले नायक प्रदीप कड्कासँग ‘ रोज’ र ‘साइनो’ मा देखिएकी थिइन् भने दुवै चलचित्र व्यापारिक हिसाबले भने सफल हुन् सकेनन् । फिल्मी असफल भए पनि उनलाई चलचित्र एक पछि अर्को मा अफर आइरहेका हुन्छन् ।

उनको अर्को चलचित्र नयाँ ‘च च हुई’ यही मङ्सिर ६ गते गते बाट देशभर प्रदर्शन हुँदैछ । व्यापारिक रूपमा असफल भए पनि उनको हातमा चलचित्रको अभाव भने छैन ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन नयाँ चलचित्रमा मिरुनाले साइन गरेको खबर बाहिरिएको छ । उनीसँगै नायक दयाहाङ राई पक्का भएका छन् । मिरुनालाई ‘अनलक्की’ नायिकाको उप- नाम पनि भन्ने गर्दछन् । चलचित्र यही कात्तिकको १४ गतेबाट छायाङ्कन सुरु हुने निर्देशक उपेन्द्र सुब्बाले बताएका छन् । तर चलचित्रको नाम भने निर्माण टिमले खुलाएका छैन् ।

प्रतिक्रिया दिनुहोस्