Logo

भुवन परियारको ‘लुंगी डान्स’ सार्वजनिक (भिडियोमा)



Spread the love

गायक भुवन परियारको स्वरमा रहेको ‘लुंगी डान्स’ बोलको गीत सार्वजनिक भएको छ । (नभन्नु है कस्तो गीत गायो यो कुराले पाए भने चान्स नेपाली गीतमा देखाइ दिन्छ डान्स) नेपाली ‘लुंगी डान्स’ गीतलाई दर्शकले अत्यधिक मनपराउने विश्व रहेको गायक भुवन बताएका छन् ।

पछिल्लो समय नेपाली संगीतक कला क्षेत्रमा नयाँ अनुहार देखिने गरेका पाहिन्छन अहिले यस्तै भखर उदाउँदै गरेका मोडल तिलक शाही हुन् । उक्त गीतमा उनलेनै नृत्य र कोरियोग्रफमा गरेका छन् भने भिडियोको मुख्य भूमिकामा मोडल तिलकसँगै बबिता श्रेष्ठ फिचर्ड रहेका छन् ।

गीतमा ऋषि खड्काले नै सङ्गीत दिएको गीतमा गायक भुवन र तिलक शाहीको संयुक्त शब्द रहेको छ भने उक्त गीतमा र्‍याप तिलक शाही हानेका छन् । सुशील डाँगीले छायाङ्कन गरेको भिडियोलाई निराजन के.सीले सम्पादन गरेका छन् । भिडियोलाई दिनेश शर्माले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:

https://youtu.be/TGZvF1C5hU8

प्रतिक्रिया दिनुहोस्