Logo

च्याम्पियन्स लिग: साविक विजेता लिभरपुलको सानदार जित



Spread the love

७ कात्तिक, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा बेल्जियन प्रतिद्धन्द्धी जिन्कमाथि शानदार जित निकालेको छ । समूह ‘ई’ मा रहेको लिभरपुलले जिन्कलाई ४–१ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा चेम्वरलेनले दुई तथा साडियो माने र मोहक्कद सलाहले गोल गरे । घरेलु टोलीका स्टेफन ओडेले सान्त्वना गोल फर्काए ।

जितसँगै लिभरपुल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने पराजित जिन्क १ अंकसहित पुछारमा रहेकको छ ।

यही समूहको अर्काे खेलमा इटालियन क्लब नेपोलीले अष्ट्रियन क्लब साल्जवर्गमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । जितसँगै नेपोली ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा तथा साल्जवर्ग ३ अंकससहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्