Logo

च्याम्पियन्स लिग: मेस्सीको कीर्तिमानीसँगै बार्सिलोना विजयी



Spread the love

७ कात्तिक, काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । इडेन एरिना प्राहामा बुधबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्राहामाथि २–१ को जित हात पारेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले एक गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । घरेलु टोलीका जान बोरिलले एक गोल फर्काए । जितसँगै बार्सिलोना समूह ‘एफ’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने प्राहा १ अंक जोडेर पुछारमा छ ।

मेस्सीले प्राहाविरुद्ध गोल गर्दै अर्को कीर्तिमान पनि बराबरी गरेका छन् । उनले च्याम्पियन्स लिगमा समग्रमा ३३ औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले पनि ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्