Logo

यस्ता छन् परिवारसँग खाना खानुका फाइदै-फाइदा



Spread the love
 

आजकालको ब्यस्त जीवनशैलीका कारण परिवारका सबै सदस्यहरुलाई एकै साथ बसेर खाना खाने समय पनि हुँदैन। सामाजिक संजालको बढ्दो प्रयोगले त झन् परिवारका सदस्यहरु घरमा भएको बेलामा समेत आ-आफ्ना कोठामा नै खाना खान थालेका छन् ।

परिवारका सदस्यहरु नै एउटै घरमा रहेर पनि टाढा भए जस्तो व्यवहार हुन थालेको छ । त्यसैले घरका सबै सदस्य मिलेरसंगै डिनर गर्ने बानी बसाल्नुपर्छ । त्यसो गर्दा परिवारमा खुशी बढ्ने मात्र नभएर हाम्रो स्वस्थमा पनि फाइदा पुग्दछ ।

डिनर टेबलमा खाना खाँदा फोन अथवा इन्टरनेटको प्रयोग गर्नु हुँदैन । त्यस क्रममा कुनै पनि त्यस्ता कुराहरु गर्नु हुँदैन । जसले आपसमा मनमुटाव होस् । खाना खाने समयमा सबै सदस्य खुशी होस् भन्ने कोसिस गर्नुपर्छ ।
संगसंगै समय बिताउँदा
दिनभरीमा परिवारका प्रत्येक सदस्यहरुको समय तालिका जति व्यस्त भएतापनि रातिको खाना आफ्नो परिवारका सदस्यसँगै बसेर खाने समय अवश्य निकाल्नुपर्छ ।
तनाव कम हुन्छ
राति सबै परिवारसँगै बसेर खाना खानाले सबैलाई निकै रमाइलो महसुुस हुन्छ । डिनर टेबलमा जब सबै एक-अर्कासँग कुरा गर्दै हाँस्दै, आफ्नो समस्याहरुको बारेमा कुरा गरेर जब सबै समस्याहरुको समाधान गर्ने उपाय पनि प्राप्त हुन्छ र मन पनि हल्का हुन्छ ।
हेल्दी इटिङ
परिवारसँगै बसेर खाना खानाले परिवारका ठूला सदस्यले मात्र होइन बच्चाले पनि पोषणयुक्त खाना खान थाल्छन् । बच्चाहरुमा पनि पोषिलो खाना खाने बानी बस्न थाल्छ ।
स्वास्थ्य लाभ
परिवारका सबै सदस्यहरुले एकै साथ डिनर गर्नाले स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तै, डिप्रेसन, मोटोपन, खानेबानी, नसालु पदार्थको सेवन आदिबाट तपाईं टाढा रहनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्