Logo

वुमन्स च्याम्पियन्स लिग: चितवन राइनोजद्वार क्याट क्विन्ससामु ११३ रनको लक्ष्य प्रस्तुत



Spread the love

७ कात्तिक, काठमाडौं। चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई १ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय १३ रनको सामान्य लक्ष्य दिएको हो ।

चितवनकी सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर काजल श्रेष्ठले २८ बलको सामना गर्दै २१ रन जोडिन् । त्यस्तै कञ्चन श्रेष्ठले १९ रन थपिन्। तेस्रो नम्बरमा आएकी रितु कनौजिया ६ रनमै रनआउट भइन्। त्यस्तै इन्दु बर्माले २२ रन जोड्दा प्यारी चौधरी ३ रनमा अविजित रहिन् ।

काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउँद र सरस्वती कुमारीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्