Logo

सलमानको ‘दबंग ३’ को ट्रेलर रिलिज, ट्रेन्डिङ्ग नम्बर १ मा(हेर्नुहोस् ट्रेलर)



Spread the love

बलिउड सुपर स्टार सलमान खानको ‘दबंग ३ ‘ को ट्रेलर सार्वजनिक भएको छ भने सार्वजनिक भएकै १२ घण्टा मा ट्रेन्डिङ्ग नम्बर १  मा।  सलमान एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । फेरी फ्यानहरूलाई खुसीको खबर यही २० डिसेम्बरमा सलमानले ल्याउने भए चलचित्र ‘दबंग ३ ‘ ।

चलचित्र लभ स्टोरी र एक्सन, रोमान्स , कमेडि र द्वन्द्वले जनारामा निर्माण गरिएको छ । उक्त फिल्मका दुई सिरिजलाई दर्शकले अत्यधिक रुचाएका थिए । ट्रेलर हेर्दा दुई सिरिज भन्दा यस सिरिज एक्सनले भरिपूर्ण रहेको छ ।

यस फिल्ममा सलमान ‘चुलबुल पाण्डे’ को भूमिका निभाएका छन् । चलचित्रको मुख्य भूमिकामा सलमान ‘चुलबुल पाण्डे’, सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको रहेको छ । फिल्मको कथा सलमान खानले नै लेखेका हुन् । पटकथामा सलमान, प्रभु देवा, दिलीप शुक्ला र अलोक उपाध्यायले साथ दिएका छन् । फिल्मलाई अरबाज खानले निर्माणको चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/-AJ7cLi1Jfk

प्रतिक्रिया दिनुहोस्