Logo

नेपाल फिफा वरीयतामा ६ स्थान तल झर्यो



Spread the love

७ कात्तिक, काठमाडौं । नेपाल फिफा वरीयतामा ६ स्थान तल खस्किएको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थाल खस्कदै १६७औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६१औं स्थानमा रहेको थियो ।

विश्वकप छनोटमा अष्ट्रेलियासँग ५–० ले तथा जोर्डनसँग ३–० ले पराजित भएसंगै वरीयतामा असर परेको हो । विश्व वरीयताको शीर्ष चारमा बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो तथा इंग्ल्यान्ड चौथो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्