Logo

वुमन्स च्याम्पियन्स लिगको उपाधि चितवन राइनोजलाई



Spread the love

७ कात्तिक, काठमाडौं । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । विहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो । चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ ।

जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापाले १३ तथा ईश्वरी बिष्टले १२ रन बनाउनु बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेन ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडाले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन् । त्यस्तै रेखा रावलले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर २ विकेट लिइन् । रितु कनौजियाले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर ३ विकेट लिइन् ।

यस अघि टस हारेर पहिला किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय १३ रनको सामान्य लक्ष्य दिएको हो ।

चितवनकी सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर काजल श्रेष्ठले २८ बलको सामना गर्दै २१ रन जोडिन् । त्यस्तै कञ्चन श्रेष्ठले १९ रन थपिन्। तेस्रो नम्बरमा आएकी रितु कनौजिया ६ रनमै रनआउट भइन्। त्यस्तै इन्दु बर्माले २२ रन जोड्दा प्यारी चौधरी ३ रनमा अविजित रहिन् ।

काठमाडौंकी संतिगा राई,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्