Logo

जाम्बियाका २८३ कैदीलाई क्षमादान



Spread the love

७ कात्तिक, लुसाका – जाम्बियाका कारागारमा रहेका २८३ जना कैदी बन्दीलाई क्षमादान गरिएको छ ।

देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले उनीहरुलाई क्षमादानको घोषणा गरेको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताए ।

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्