Logo

टी १० लिगमा सहभागी हुन पाउँदा एकदमै खुशी छु : पारस खड्का



Spread the love

८ कात्तिक, काठमाडौं । टी टेन लिग क्रिकेटका लागि छनोट भएसंगै नेपाली क्रिकेटका कप्तान पारस खड्काले खुशी व्यक्त गरेका छन् । दुबईमा हुने उक्त प्रतियोगिताका लागि १० हजार डलरमा अबुधावीसँग अनुबन्धित भएका हुन् ।

शुक्रबार पारसले स्टाटसमा जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिँदै टी १० मा अबुधावीको तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।

पारस पहिलोपल्ट अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा सहभागी हुँदैछन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले भने यस प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

यस्तै, सन्दीप लामिछानेले ट्वीट गर्दै पारस खड्काले टी १० लिगमा सहभागिता जनाउने थाहा पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।

‘पारस दाइले टी १० लिगमा अबुधावीबाट प्रतिनिधित्व गर्ने थाहा पाउँदा खुशी लागेको छ,’ सन्दीपले लेखेका छन्, ‘दाइलाई शुभकामना र मलाई विश्वास छ तपाईले नेपाललाई फेरि गौरव गराउनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस्