Logo

रुकुममा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु



Spread the love

८ कात्तिक, रुकुम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ। सानिभेरी गाँउपालिकाका ट्याक्टर चालक २२ बर्षका महेन्द बिक र सहचालक २७ बर्षका चन्द्रबहादुर बिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले चौरजहारी बजारबाट पुर्तिमकाँडा जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । मदिराले मातेका चालकले चलाएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस्