Logo

बार्सिलोनाले तीन साताको अवधिमा ६ महत्वपुर्ण खेल खेल्ने



Spread the love

८ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगाको सबैभन्दा महत्वुर्ण ‘एल क्लासिको’ नयाँ मिति सार्बजनिक भएको छ । नयाँ मिति अनुसार स्थगित एल क्लासिको १८ डिसेम्वरमा हुने भएको हो ।

नयाँ मिति तय भएसँगै बार्सिलोनाले तीन साताको अवधिमा ६ महत्वपुर्ण खेल खेल्नु पर्ने भएको छ । च्याम्पियन्स लिगमा बार्सिलोनाले नोभेम्वर २८ मा बोरुसिया डर्टमन्डसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । एट्लेटिको मड्रिडसंग १ डिसेम्वरमा, ८ डिसेम्वरमा रियल मार्लाेका, १० डिसेम्वरमा च्याम्पियन्स लिगमा इन्टर मिलान, १५ डिसेम्वरमा रियल सोसिडाड र १८ डिसेम्वरमा रियालसँग खेल्नुपर्ने भएको छ ।

स्थगित ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्