Logo

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड विजयी



Spread the love

८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ । युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित निकालेको हो ।

युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । ४३औं मिनेटमा युनाइटेडलृ पेनाल्टीको मौका पायो । ब्रान्डन विलियम्सलाई नेमान्जा मिलिटिकले पेनाल्टी बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेड १–० ले विजयी भयो ।

जितसँगै समूह ‘एल’ मा युनाइटेड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ भने पार्टीजान ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्