Logo

युरोपा लिगमा आर्सनलको रोमाञ्चक जित



Spread the love

८ कात्तिक, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलले भिटोरिया डे गुईमारेसलाई ३–२ गोलले पराजित गरेको हो ।

आर्सनलको जितमा निकोलस पेपेले र गाब्रियल मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि मार्कुस इडवार्ड र ब्रुनो डुअरटेले गोल गरे । खेलको आठौं मिनेटमा नै इडवार्डले गोल गर्दै भिटोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । तर ३६औं मिनेटमा सिल्भाले गोल गरेपछि भिटोरिया पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको थियो ।

खेलको ७५ औं मिनेटमा मैदानमा प्रवेश गरेका पेपेले खेलको ८०औं मिनेटमा गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरी दिलाएका थिए । अतिरिक्त समयमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई ३–२ गोलको जित दिलाए ।

जितसँगै तीन खेलबाट नौ अंक बनाएको आर्सनल समूहको शीर्ष स्थानमा छ । अंकविहिन भिटोरिया अन्तिममा छ ।

प्रतिक्रिया दिनुहोस्