Logo

तिहारमा यसप्रकारको सजिलो र आकर्षक रंगोली बनाऊ



Spread the love

तिहारको रौनकले सबैको घर-आँगनलाई छोईसकेको छ । अहिले अधिकांश मानिसहरु घरको सर-सफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने कार्यमा लागि सकेका छन् । तिहारमा घरको आँगन रंगोलीले सजाउनु पर्छ । हिजो आज रेडिमेड रंगालीका आकर्षक पोस्टरहरु बजारमा उपलब्ध हुन थालेका छन्, जसलाई घरको आँगन अथवा कोठाको भुईंमा राख्ने गरिन्छ । तर त्यसमा खासै मज्जा नआउने हुनाले मानिसहरु आफ्नो हातले बनाएको रंगोली मन पराउँछन् ।

रंगोली बनाउनका लागि फुल, सूजीको पिठो र विभिन्न रंगका रंगोलीहरुको आवश्यक पर्छ । यो तिहारमा तपाईं यस प्रकारको रंगोली बनाउन सक्नु हुनेछ:

 

 

 

रंगोली बनाउनु यस्तो छ कारण : तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । झिलिमिली पर्वमा रंगोलीले घरको थप शोभा बढाउँछ । रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले घर आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धिकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ । यसको अर्को अर्थ के पनि हो भने, हाम्रो शरीर नश्वर छ भन्ने जान्दाजान्दै पनि जीवनलाई रंगीन बनाउनुपर्छ भन्ने यसको सांकेतिक अर्थ छ ।

 

प्रतिक्रिया दिनुहोस्