Logo

धनतरेसको दिन घरमा यस्ता समानहरु ल्याउदा फलिफाप हुनेछ!!



Spread the love

हिन्दुहरुको दोस्रो महान चार्ड तिहारको आफ्नै फरक महत्व र मान्यता रहेको छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन हामी कागसँगसँगै हामी लक्ष्मी, कुवेर र धनवन्तरिको पनि पूजा गर्छौं ।

यस दिन माता लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै तपाईंले कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ । धनतेरसमा गर्नु पर्ने कामहरु:

चाँदीको सिक्का
यस दिनमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

दियो ल्याउनुपर्छ
धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । यसो गर्नाले घरमा कहिल्यै पैसाको कमी हुँदैन ।
यो मन्त्र जप गर्नुपर्छ
साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ ।
२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ
राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ ।
श्रीसूक्तको पाठ गर्नुपर्छ
धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ ।
धन सम्बन्धी समस्याको कमी
यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसो गर्नाले पैसा टिक्न थाल्छ ।
धनसँगै सम्मान पनि प्राप्त हुन्छ 
ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।
पर्समा राख्नुपर्ने कुरा
धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।
श्रीयन्त्रको पूजा
धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको कमि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्