Logo

गरगहना प्रदर्शनीका क्रममा जापानमा १८ लाख डलरको हीरा चोरी



Spread the love

८ कात्तिक, टोकियो। जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र दिएको छ । यो हीरा टोकियो बाहिर आयोजित गरगहना प्रदर्शनीका क्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी गराएका छन् । योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हीरा चोरिएको हो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्