Logo

बेलायतबाट फर्केको दुई महिनापछि किन जाँदैछन् प्रधानसेनापति क्यानडा ?



Spread the love

प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीनदिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा भाग लिन उनी शनिबार त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको धारणा प्रस्तुत
क्यानडाको भिक्टोरियामा सम्मेलनमा इन्डो–एसिया प्यासिफिकको अवस्था, उग्रवाद/चरमपन्थीको नियन्त्रण तथा रोकथामको तयारी र शान्ति सहकार्यजस्ता विषयका फरकफरक सत्रमा प्रधानसेनापति क्षत्रीले नेपालको धारणा प्रस्तुत गर्नेछन् ।

यूएई पनि जाने
त्यहाँबाट उनी यूएई प्रस्थान गर्नेछन् । समकक्षी हमाद मोहम्मद थानी अल रुमैथीको निमन्त्रणा यूएई पुगेर उनले सैनिक प्रमुखहरूको वार्षिक सुरक्षा सम्मेलनमा सहभागिता जनाउने छन् । प्रधानसेनापति क्षत्री भदौ २८ मा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्