Logo

एएफसीद्वारा राष्ट्रिय फुटसल टोलीका प्रशिक्षकमाथि कारबाही



Spread the love

८ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीका प्रशिक्षक विष्णु गुरुङलाई एसियाली फुटबल महासंघको अनुशासन समितिले कारबाही गरेको छ।

एएफसीले इरानमा भइरहेको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत नियमविरित काम गरेको भन्दै एक खेल प्रतिबन्ध र १ हजार अमेरिकी डलर जरिवाना गरेको हो।

गुरुङले ताजकिस्तानविरुद्धको खेलमा रेफ्रीमाथि अभद्र व्यवहार गरेको एएफसीको ठहर छ। उनलाई एक महिनाभित्र जरिवाना बुझाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्