Logo

फेरी आउँदै पूजा र आकाश लभ स्टोरी फिल्म ‘सम्झना विर्सना’



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन्-नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ । उनीहरूले ‘राम कहानी’, सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ र आज बाट रिलिज भएको चलचित्र ‘पोई पर्‍यो काले’ मा पनि एकै पर्दामा सहकार्य गर्दै आएका छन् ।

‘पोई पर्‍यो काले’ राम्रोसँग हलमा चल्न नपाउँदै निमेष प्रधानले निर्देशन गर्ने चलचित्रमा ‘सम्झना बिर्सना’मा चौथो पटक पनि एउटै पर्दामा देख्न पाइने भएको छ । दुईको प्रमुख भूमिका रहने फिल्म ‘सम्झना बिर्सना’ आज शुक्रवार भद्रकाली मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । यो चलचित्र पूर्ण रूपमा लभ स्टोरी जनारामा हुने निर्देशक प्रधानले बताएका छन् ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । चलचित्रलाई शिव ढकालले छायाङ्कन गर्ने भएका छन् । चलचित्रको छायाङ्कन दार्जिलिङ्ग, सिक्किम र नेपालमा हुनेछ भने यही कात्तिकको २१ गतेबाट चलचित्रको छायाङ्कन सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्