Logo

‘सक्किगोनी’ र मिडिया हवको विवाद टुगिंयो ,अब नियमित दुवै सिरियल प्रसारण हुने



Spread the love

पछिल्लो समय निकै लोकप्रिय भएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’(पाँडे र जिग्रीको टिम) र मिडिया हव बिचको विवादले हलचल मच्चाएको थियो । हास्य टेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबिच विवाद बढेको थियो । आज मिडिया हब र ‘सक्किगोनी हास्य टेलिसिरियलबीचको विवाद मिलेकाे छ ।

आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो । आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेकाे थियाे । तर, दुई पक्ष जारी विवाद टुंग्याउन सहमत भएका छन् । सक्किगोनिका कलाकार कुमार कट्टेलले मिडिया हब प्रा.लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समझदारीमा टुङ्ग्याइएको बताएका छन् । मिडिया हब प्रा.लि र सक्किगोनी हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंगोमा पुर्याइएको छ’ ।

कुमार कट्टेल (जिग्री)ले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रूपमा हेर्न पाउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्