Logo

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार



Spread the love

आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

 

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड जितेका छन् । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भएका छन् ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्