Logo

आज यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार



Spread the love

९ कात्तिक, काठमाडौं । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएता पनि काग तिहार भने आज मनाइँदै छ । यसै दिनदेखि पाँच दिनसम्म यमराज मत्र्यलोकको विचरणमा रहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा लिने गर्दछौ । यो दिन कागलाई मिठो मिठो भोजन गराउँदा पितृले सोझै पाउँछन् भनिन्छ । काग धुरीमा कराउँदा, कागले मैथुन गरेको देखेमा अशुभ हुन्छ भन्ने जनबिस्वास रहेको छ ।

यसैगरी आजै लक्ष्मीस्थिर राख्नका लागि गरगहना र तामाका भाँडाकुँडा किनी धनतेरस पर्व पनि मनाइँदै छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा घरमा लक्ष्मीको बास हुने धार्मिक मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्