Logo

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो



Spread the love

९ कात्तिक, काठमाडौं । नेपाली यू–२३ टिमले कतारको दोहामा म्यानमारविरुद्ध खेलेको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा टुंगिएको छ । नेपाली यू २३ टोलीले दुई पटक सम्मको अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो ।

नेपालका लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए भने म्यानमारका लागि दुवै गोल ल्विन मोइ औङले गरे । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले दोस्रो मिनेटमै हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा ल्विनले गोल फर्काएपछि पहिलो हाफमा १–१ को बराबरी भएको थियो ।

दोस्रो हाफमा परिवर्तित खेलाडी रेजिनले ६० औं मिनेटमा गोल गर्दै नेपाललाई दोस्रो पटक अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ल्विनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्