Logo

इंग्लिस प्रिमियर लिगमा भार्डी र पेरेजको ह्याट्रिकसँगै लेस्टरको सानदार जित



Spread the love

९ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टरले साउथह्याम्पटनको घरेलु मैदानमा ९-० को फराकिलो जित निकालेको छ । लेस्टरले प्रिमियर लिगको इतिहासमा फराकिलो जितको कीर्तिमान बराबरी समेत गरेको छ । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इप्स्वीचविरुद्ध ९-० को नै जित दर्ता गरेको थियो ।

लेस्टरको जितमा जेमी भर्डी र अयोजे परेजले ह्याट्रिक गरे । वेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे । साउथह्यामटन खेलको १२र्औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । रायन बेरट्रान्डले रातो कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा लेस्टरले भरपुर उठायो ।

यस जितसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । साउथह्याम्पटन भने १० खेलमा ८ अंकसहित ८ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्